boudha heritage venue created by rg creation nepal
RG Creation News by Sunaulo Nepal News Channel

प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स नेपाल

आरजी क्रिएसन्स ‘नेपाल हस्पिटालिटी तथा नाइट क्लब’को क्षेत्रमा चिरपरिचित नाम हो । क्रिएसन्सको बालुवाटारस्थित मुख्य कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन शहरमा ‘लिंक वर्ल्ड टेक’ नाम गरेको कम्पनी रहेको छ ।

आरजी क्रिएसन्स ‘नेपाल हस्पिटालिटी तथा नाइट क्लब’को क्षेत्रमा चिरपरिचित नाम हो । क्रिएसन्सको बालुवाटारस्थित मुख्य कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन शहरमा ‘लिंक वर्ल्ड टेक’ नाम गरेको कम्पनी रहेको छ ।

आरजी क्रिएसन्सले विगत १५ वर्षदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहर र विदेशमासमेत होटल, इभेन्ट भेन्यू, नाइट क्लब, डिस्को थेक, क्यासिनो, ब्याङ्क्वेट, लाउञ्ज, क्याफे, बार, पब लगायत हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित प्रडक्टको कन्सेप्ट डिजाइन, कन्स्ट्रक्सन र सञ्चालन गरी आफ्नो छुट्टै मापदण्ड स्थापित गरिसकेको छ ।

प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स नेपाल

आरजी क्रियसन्सले लगानीकर्ताको बजेट र सोच अनुसार कमभन्दा कम लागतमा उत्कृष्ट प्रडक्ट डिजाइन एवं निर्माण गर्दै आइरहेको छ । ‘हामी नाइट क्लब तथा इभेन्ट भेन्यू निर्माण गर्दा त्यसको लागत कम गर्न, त्यसलाई सुरक्षित बनाउन र कसरी भव्य एवं आकर्षक देखाउने भनेर विशेष ध्यान दिन्छौँ ।’ कम्पनीका कार्यकारी अध्यक्ष राम गिरी भन्छन्, ‘नाइट क्लब तथा इभेन्ट भेन्यूहरूमा विश्वमा चलेका नयाँ ट्रेण्ड र फिचरलाई कस्टमाइज गरेर लागू गर्ने गरिएको छ ।’

कम्पनीले लगानीकर्ताको आवश्यकता अनुसार प्रोजेक्ट छनोटदेखि त्यसको कन्सेप्ट, डिजाइन, निर्माण र सञ्चालनसम्मको सम्पूर्ण सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

कम्पनीले लगानीकर्ताको आवश्यकता अनुसार प्रोजेक्ट छनोटदेखि त्यसको कन्सेप्ट, डिजाइन, निर्माण र सञ्चालनसम्मको सम्पूर्ण सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

आरजी क्रिएसन्सले निर्माण गरेका प्रोजेक्टहरूमा नयाँ जेनेरेसनको सोच र उनीहरूको मनोविज्ञानलाई बोध गरेर तथा लगानीकर्ताको बजेटलाई मिल्ने गरी विभिन्न सुविधा तथा फिचरहरूलाई कुशलता पूर्वक अप्लाई गर्ने गरिएको पाइन्छ ।

आरजी क्रियसन्सले डिजाइन तथा निर्माण गरेका प्रोजेक्ट अन्य भन्दा भिन्न र विशिष्ट देखिन्छन् । ‘हामी सुन्दर डिजाइनमा त्यसको भव्यतालाई कसरी प्रस्तुत गर्न सकिन्छ भनेर गहन अनुसन्धान गर्छौँ’, कार्यकारी अध्यक्ष गिरी भन्छन्, ‘हामीले प्रयोग गर्ने सामग्री, कन्सेप्ट र डिजाइन अनुसार कस्टमाइज गरिने भएकाले हाम्रा प्रडक्टहरूमा भव्यता झल्किन्छ । सकेसम्म अन्यले प्रयोग नगरेका सामग्रीहरूको खोजी गरी प्रयोग गर्ने गरिएको छ ।’

हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट आउटलेटहरू निर्माण गरेर पर्यटन क्षेत्रमा योगदान दिने तथा देश विकासमा आफ्नोतर्फबाट केही योगदान गर्नु कम्पनीको उद्देश्य रहेको कार्यकारी अध्यक्ष गिरी बताउँछन् । नयाँ कन्सेप्ट र डिजाइनका प्लेटफर्महरू निर्माण गरेर देशको आर्थिक विकासमा टेवा पु-याउने र रोजगारी सिर्जना गर्ने उद्देश्य आरजी क्रियसन्सले लिएको छ ।

आरजी क्रियसन्सका कार्यकारी अध्यक्ष गिरी हस्पिटालिटी तथा कन्स्ट्रक्सनको क्षेत्रमा २० वर्षभन्दा लामो समयदेखि क्रियाशील छन् । उनले २० वर्षदेखि हासिल गरेको अनुभवलाई अहिले विभिन्न प्रडक्टहरूमा लागू गरिरहेका छन् ।

स्ट्रक्चर, इन्टेरियर, आर्टिटेक्ट, लाइट, साउण्ड, कलरिस्ट, निर्माणमा प्रयोग गरिने सामग्रीको गुणस्तर आदि हेर्नका लागि आरजी क्रियसन्समा विषय विज्ञ छुट्टा छुट्टै इन्जिनियरहरू कार्यरत छन् ।

दक्ष इन्जिनियरहरूलाई अध्यक्ष गिरी आफ्नो ‘कन्सेप्ट’ र प्रोजेक्टका लागि आवश्यक पर्ने ‘कन्टेन्ट क्रियट’ गरेर दिने गर्छन् । ‘कुनै पनि भेन्यूको भव्यता त्यसमा के कस्ता नयाँ ‘कन्सेप्ट र कन्टेन्ट एड’ गर्न सकियो भन्नेमा निर्भर गर्छ अध्यक्ष गिरी भन्छन्, ‘प्रोजेक्टका लागि जति युनिक कन्टेन्ट क्रियट गर्न सकियो त्यो त्यति नै भव्य, अकर्षक र सफल हुन्छ ।’ कम्पनीमा कार्यरत इन्जिनियर तथा कर्मचारीहरूलाई विदेशमा पठाएर तालिम लिने व्यवस्था पनि गरिएको गिरीले बताए ।

कम्पनीले लगानीकर्ताको बजेट र निर्माण स्थलको भू–वनोट अनुसार आवश्यक पर्ने सामग्री जुन स्वदेशमा उपलब्ध हुन्छ ती कारखानाबाट सिधै खरिद गर्ने गरेको छ । साथै नेपालमा उपलब्ध नहुने सामग्री विदेशबाट कस्टमाइज गरेर सिधै आफूले आयत गर्ने भएकाले निर्माण लागत कम पर्ने गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा तीन रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको नाइट क्लब लिजेण्ड नेपाल सञ्चालनको तयारी गरिरहेका रमेश कार्की लण्डनमा उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका युवा उद्यमी हुन् । उनले बेलायतमा रहँदा थुप्रै क्लब, पब, डिस्कोथेकको अनुभव लिन पाए । उनले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको नाइट क्लब सञ्चालन गर्ने सोच बनाएर थुप्रै विदेशी कन्सलट्यान्टसँग सम्पर्क र छलफल गरेका थिए । ‘मैले धेरै विदेशी कम्पनी र नाइट क्लबका क्षेत्रमा कार्यरतहरूसँग कुराकानी गरेँ, कार्की भन्छन्, ‘तर उनीहरूको प्रस्ताव र कन्सेप्ट चित्त बुझेन ।’

नेपालमै कन्सलट्यान्ट खोज्ने क्रममा कार्कीले आरजी क्रियसन्ससँग सम्पर्क भएको बताए । ‘आरजी क्रियसन्सले मलाई जुन डिजाइन र कन्सेप्ट दियो त्यो निकै उत्कृष्ट लागेर लिजेण्ड नेपालको निर्माणको जिम्मा दिएको हुँ,’ कार्की बताउँछन् ।
अन्तर्राष्ट्रिय स्तरका सबै मापदण्ड पूरा गरेर निर्माण भइरहेको नाइट क्लब लिजेण्ड नेपाल आरजी क्रिएसन्सका लागि अर्को बेञ्चमार्क हुने अध्यक्ष गिरी बताउँछन् ।

‘क्लबको साउण्ड सिस्टम र साउण्ड प्रुफका लागि मात्रै करिब सय थरिका सामग्री प्रयोग हुन्छन्’, कार्यकारी अध्यक्ष गिरी भन्छन्, ‘नाइट क्लबको भव्यता र विश्वमा प्रयोग भइरहेका नविनतम प्रविधि लिजेण्ड नेपालमा देख्न पाइने छ ।’ लिजेण्ड नेपालमा साउण्ड सिस्टम, लाइट, एलइडी स्क्रिन, हाइड्रोलिक मेसिन लगायत तीन सयभन्दा बढी अत्याधुनिक सामग्रीहरू प्रयोग हुनेछन् । आरजी क्रिएसन्सका निर्देशक सुमित्रा पौडेल उप्रेती कम्पनीले निर्माण गर्ने पो्रजेक्टहरूबाट नाफा आर्जन गर्ने भन्दा पनि लगानीकर्तालाई कसरी सुलभ खर्चमा उत्कृष्ट प्रोजेक्ट दिन सकिन्छ भनेर कार्य गरिरहेको बताउँछिन् ।

‘आरजी क्रिएसन्सले निर्माण सम्पन्न गररे हस्तान्तरण गरेका प्रेजेक्टका लागनीकर्ताहरू खुशी भएको र उहाँहरूले सोचेभन्दा उत्कृष्ट प्रोजेक्ट पाएर कम्पनीप्रति आभार प्रकट गर्ने गरेको उल्लेख गर्दै निर्देशक उप्रेतीले भनिन्, ‘भविष्यमा अझै उत्कृष्ट र भव्य प्रेजेक्ट निर्माणमा कम्पनी दत्तचित्त भएर लागिपरेको छ ।’

कम्पनीले काठमाडौं उपत्यकामा रामबाग महल, म्याजेस्टिक ग्रान्ड, हर्षबाटिक, ताज रिसेप्सन, ताज प्यालेस, बौद्ध हेरिटेज, इम्पेरियल ब्यांक्वेट, रोयल इम्पायर बुटिक होटल लगायत दर्जनौँ इभेन्ट भेन्यू निर्माण सम्पन्न गरी लगानीकर्ताहरूलाई हस्तान्तरण गरिसकेको छ । आरजी क्रिएसन्सले धरान, इटहरी, पोखरा लगायत देशका विभिन्न शहर एवं विदेशमा पनि हस्टिटालिटी क्षेत्रसँग सम्बन्धित प्रोजेक्टहरू निर्माण गरिरहेको छ ।

यसैगरी आरजी क्रिएसन्सले रात्रिकालिन व्यवसायतर्फ यसअघि काठमाडौंको दरबारमार्गस्थित प्रख्यात डेजाभु डिस्को थेक, भिक्ट्री लाउञ्ज एवं ठमेलमा फूलमून क्याफे, फेसेस लाउञ्ज, रकर्स म्याजिक जस्ता चर्चित आउटलेटको निर्माण सम्पन्न गरिसकेको छ ।

Click to Read Original News

Related Articles

Imperial Banquet hall image made by RG Creations Nepal
Nepali News

प्रिमियम हस्पिटालिटी आउटलेट निर्माणमा अग्रणी आरजी क्रिएसन्स

काठमाडौं- हस्पिटालिटी सेक्टरमा १५ वर्षदेखि सेवा दिँदै आएको आरजी क्रिएसन्सले नाइट क्लब, होटल, इभेन्ट भेन्यू, क्याफे लगायत प्रिमियम आउटलेटहरूको डिजाइन, निर्माण र सञ्चालनमा विशेषज्ञता हासिल गरेको छ।

Read More »
Boudha heritage event venue present by rg creations nepal
Nepali News

प्रिमियम हस्पिटालिटी आउटलेट’मा ‘आरजी क्रिएसन्स’को विशिष्ट पहिचान

आरजी क्रिएसन्स नेपाल हस्पिटालिटी तथा नाइट क्लबको क्षेत्रमा चिरपरिचित नाम हो । क्रिएसन्सको बालुवाटारस्थित मुख्य कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन सहरमा ‘लिंक वल्र्ड टेक’ नाम गरेको कम्पनी रहेको छ ।

Read More »
rambagh mahal design by rg creations nepal image
Nepali News

प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा ‘आरजी क्रिएसन्स

आरजी क्रिएसन्स हस्पिटालिटी तथा नाइट क्लबको क्षेत्रमा परिचित छ। क्रिएसन्सको बालुवाटारस्थित कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन शहरमा ‘लिंक वर्ल्ड टेक’ नाम गरेको कम्पनी रहेको छ।

Read More »

Still Have Questions?

Our Engineering architecture experts are ready to help you with your specific project requirements.