rambagh mahal design by rg creations nepal image
nagarik dainik media post about rg creatiosn nepal

प्रिमियम हस्पिटालिटी आउट लेट’ आरजी क्रिएसन्सको फरक पहिचान

विगत १५ वर्षदेखि काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरू तथा विदेशसम्म फैलँदै होटेल, इभेन्ट भेन्यु, नाइट क्लब, डिस्को, क्यासिनो, ब्यांक्वेट, लाउञ्ज, क्याफे, बार, पब सम्बन्धी प्रोजेक्टहरूको अवधारणा, निर्माण र सञ्चालन गर्दै आएको छ। यस क्रममा कम्पनीले लगानीकर्ताको सोच र बजेट अनुसार न्यूनतम लागतमा उच्चस्तरीय डिजाइन तथा निर्माण गरी छुट्टै मापदण्ड कायम गरेको छ।

आरजी क्रिएसन्सले नेपालको हस्पिटालिटी तथा नाइट क्लब क्षेत्रको ‘प्रिमियम हस्पिटालिटी आउट लेट ’निर्माणमा फरक पहिचान बनाउँदै गएको छ।

विगत १५ वर्षदेखि काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरू तथा विदेशसम्म फैलँदै होटेल, इभेन्ट भेन्यु, नाइट क्लब, डिस्को, क्यासिनो, ब्यांक्वेट, लाउञ्ज, क्याफे, बार, पब सम्बन्धी प्रोजेक्टहरूको अवधारणा, निर्माण र सञ्चालन गर्दै आएको छ। यस क्रममा कम्पनीले लगानीकर्ताको सोच र बजेट अनुसार न्यूनतम लागतमा उच्चस्तरीय डिजाइन तथा निर्माण गरी छुट्टै मापदण्ड कायम गरेको छ।

‘हामी नाइट क्लब तथा इभेन्ट भेन्यु निर्माण गर्दा लागत न्यून गर्न, सुरक्षित बनाउने र भव्य तथा आकर्षक देखाउने कुरामा विशेष ध्यान दिन्छौँ,’ कम्पनीका कार्यकारी अध्यक्ष राम गिरीले भने, ‘विश्वमा प्रचलित नयाँ ट्रेन्डहरूलाई कस्टमाइज गरी लागू गर्ने हाम्रो नीति हो ।’ आफूहरूले प्रोजेक्टको अवधारणा, डिजाइनदेखि सञ्चालनसम्मको सम्पूर्ण सेवा एकै थलोबाट प्रदान गर्ने गरेको उनले बताए।

स्ट्रक्चर, इन्टेरियर, आर्किटेक्चर, लाइट, साउन्ड, रंग संयोजनलगायतका क्षेत्रमा दक्ष विशेषज्ञ इन्जिनियरहरू कम्पनीसँगै कार्यरत रहेको अध्यक्ष गिरीले बताए। यस्ता कर्मचारीलाई आवश्यकताअनुसार विदेशमा पनि तालिमका लागि पठाउने गरेको उनको भनाई छ।

अन्तर्राष्ट्रिय मापदण्डको प्रयास

काठमाडौंको लाजिम्पाटमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय स्तरको नाइट क्लब ‘लिजेन्ड नेपाल’ आरजी क्रिएसन्सकै बेन्चमार्क प्रोजेक्ट रहेको अध्यक्ष गिरी बताउँछन्। बेलायतमा उच्च शिक्षा हासिल गरेका युवा उद्यमी रमेश कार्कीले त्यहाँ हासिल गरेको अनुभवका आधारमा नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको क्लब सञ्चालन गर्ने सोच बनाएका थिए।

‘विदेशी कन्सल्ट्यान्टहरूसँग धेरै छलफल गरेँ तर सन्तुष्ट हुन सकिनँ। अन्ततः आरजी क्रिएसन्सले दिएको डिजाइन र कन्सेप्टले मन जित्यो,’ कार्कीले भने। उनका अनुसार ‘लिजेन्ड नेपाल’ मा विश्वस्तरीय सामग्रीहरू प्रयोग गरिनेछन्।

दर्जनौँ प्रोजेक्ट

आरजी क्रिएसन्ससँग काठमाडौं उपत्यकामा राम बाग महल, म्याजेस्टिक ग्रान्ड, हर्ष बाटिका, ताज रिसेप्सन, ताज प्यालेस, बौद्ध हेरिटेज, इम्पेरियल ब्यांक्वेट, रोयल इम्पायर बुटिक होटेललगायतका प्रोजेक्ट निर्माण गरेको अनुभव छ। यस्तै धरान, इटहरी, पोखरा लगायतका सहर र विदेशमा समेत हस्पिटालिटी प्रोजेक्टहरू निर्माण भइरहेको अध्यक्ष गिरीले बताए।

यस्तै काठमाडौंको दरबारमार्गमा प्रख्यात डेजाभु डिस्को थेक, भिक्ट्री लाउञ्ज, ठमेलस्थित फूलमुन क्याफे, फेसेस लाउञ्ज, रकर्स म्याजिक जस्ता चर्चित रात्रिकालीन व्यवसायहरू पनि निर्माण गरेको उनले बताए।

Click to Read Original News

Related Articles

boudha heritage venue created by rg creation nepal
Nepali News

प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स नेपाल

आरजी क्रिएसन्स ‘नेपाल हस्पिटालिटी तथा नाइट क्लब’को क्षेत्रमा चिरपरिचित नाम हो । क्रिएसन्सको बालुवाटारस्थित मुख्य कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन शहरमा ‘लिंक वर्ल्ड टेक’ नाम गरेको कम्पनी रहेको छ ।

Read More »
Imperial Banquet hall image made by RG Creations Nepal
Nepali News

प्रिमियम हस्पिटालिटी आउटलेट निर्माणमा अग्रणी आरजी क्रिएसन्स

काठमाडौं- हस्पिटालिटी सेक्टरमा १५ वर्षदेखि सेवा दिँदै आएको आरजी क्रिएसन्सले नाइट क्लब, होटल, इभेन्ट भेन्यू, क्याफे लगायत प्रिमियम आउटलेटहरूको डिजाइन, निर्माण र सञ्चालनमा विशेषज्ञता हासिल गरेको छ।

Read More »
Boudha heritage event venue present by rg creations nepal
Nepali News

प्रिमियम हस्पिटालिटी आउटलेट’मा ‘आरजी क्रिएसन्स’को विशिष्ट पहिचान

आरजी क्रिएसन्स नेपाल हस्पिटालिटी तथा नाइट क्लबको क्षेत्रमा चिरपरिचित नाम हो । क्रिएसन्सको बालुवाटारस्थित मुख्य कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन सहरमा ‘लिंक वल्र्ड टेक’ नाम गरेको कम्पनी रहेको छ ।

Read More »

Still Have Questions?

Our Engineering architecture experts are ready to help you with your specific project requirements.