rambagh mahal design by rg creations nepal image
RG Creations Nepal News on GorkhaPatra

प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा ‘आरजी क्रिएसन्स

आरजी क्रिएसन्स हस्पिटालिटी तथा नाइट क्लबको क्षेत्रमा परिचित छ। क्रिएसन्सको बालुवाटारस्थित कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन शहरमा ‘लिंक वर्ल्ड टेक’ नाम गरेको कम्पनी रहेको छ।

आरजी क्रिएसन्स हस्पिटालिटी तथा नाइट क्लबको क्षेत्रमा परिचित छ। क्रिएसन्सको बालुवाटारस्थित कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन शहरमा ‘लिंक वर्ल्ड टेक’ नाम गरेको कम्पनी रहेको छ।

क्रिएसन्सले विगत १५ वर्षदेखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न सहर र विदेशमासमेत होटल, इभेन्ट भेन्यू, नाइट क्लब, डिस्को थेक, क्यासिनो, ब्याङ्क्वेट, लाउञ्ज, क्याफे, बार, पब लगायत हस्पिटालिटी क्षेत्रको कन्सेप्ट डिजाइन, कन्स्ट्रक्सन र सञ्चालन गरी आफ्नो छुट्टै मापदण्ड स्थापित गरिसकेको छ।

आरजी क्रियसन्सले लगानीकर्ताको बजेट र सोच अनुसार कमभन्दा कम लागतमा उत्कृष्ट प्रडक्ट डिजाइन एवं निर्माण गर्दै आइरहेको छ। ‘‘हामी नाइट क्लब तथा इभेन्ट भेन्यू निर्माण गर्दा त्यसको लागत कम गर्न, त्यसलाई सुरक्षित बनाउन र कसरी भव्य एवं आकर्षक देखाउने भनेर विशेष ध्यान दिन्छौँ, कम्पनीका कार्यकारी अध्यक्ष राम गिरी भन्नुहुन्छ, ‘‘नाइट क्लब तथा इभेन्ट भेन्यूहरूमा विश्वमा चलेका नयाँ ट्रेण्ड र फिचरलाई कस्टमाइज गरेर लागु गर्ने गरिएको छ।’’

कम्पनीले लगानीकर्ताको आवश्यकता अनुसार प्रोजेक्ट छनोटदेखि त्यसको कन्सेप्ट, डिजाइन, निर्माण र सञ्चालनसम्मको सम्पूर्ण सेवा उपलब्ध गराउँदै आइरहेको छ। 

आरजी क्रिएसन्सले निर्माण गरेका प्रोजेक्टमा नयाँ जेनेरेसनको सोच र मनोविज्ञानलाई बोध गरेर तथा लगानीकर्ताको बजेटलाई मिल्ने गरी विभिन्न सुविधा तथा फिचरलाई कुशलता पूर्वक कार्यान्वयन गर्दै आएको छ ।

आरजी क्रियसन्सले डिजाइन तथा निर्माण गरेका प्रोजेक्ट अन्य भन्दा भिन्न र विशिष्ट देखिन्छन्। ‘हामी सुन्दर डिजाइनमा त्यसको भव्यतालाई कसरी प्रस्तुत गर्न सकिन्छ भनेर गहन अनुसन्धान गर्छौँ, कार्यकारी अध्यक्ष गिरी भन्छन्, ‘हामीले प्रयोग गर्ने सामग्री, कन्सेप्ट र डिजाइन अनुसार कस्टमाइज गरिने भएकाले हाम्रा प्रडक्टहरूमा भव्यता झल्किन्छ। सकेसम्म अन्यले प्रयोग नगरेका सामग्रीहरूको खोजी गरी प्रयोग गर्ने गरिएको छ।’  

हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट आउटलेटहरू निर्माण गरेर पर्यटन क्षेत्रमा योगदान दिने तथा देश विकासमा आफ्नोतर्फबाट केही योगदान गर्नु कम्पनीको उद्देश्य रहेको कार्यकारी अध्यक्ष गिरी बताउँछन्। नयाँ कन्सेप्ट र डिजाइनका प्लेटफर्महरू निर्माण गरेर देशको आर्थिक विकासमा टेवा पुर्‍याउने र रोजगारी सिर्जना गर्ने उद्देश्य आरजी क्रियसन्सले लिएको छ। 

आरजी क्रियसन्सका कार्यकारी अध्यक्ष गिरी हस्पिटालिटी तथा कन्स्ट्रक्सनको क्षेत्रमा २० वर्षभन्दा लामो समयदेखि क्रियाशील छन्। उनले २० वर्षदेखि हासिल गरेको अनुभवलाई अहिले विभिन्न प्रडक्टहरूमा लागु गरिरहेका छन्। 

स्ट्रक्चर, इन्टेरियर, आर्टिटेक्ट, लाइट, साउन्ड, कलरिस्ट, निर्माणमा प्रयोग गरिने सामग्रीको गुणस्तर आदि हेर्नका लागि आरजी क्रियसन्समा विषय विज्ञ छुट्टा छुट्टै इन्जिनियरहरू कार्यरत छन्। 

दक्ष इन्जिनियरहरूलाई अध्यक्ष गिरी आफ्नो ‘कन्सेप्ट’ र प्रोजेक्टका लागि आवश्यक पर्ने ‘कन्टेन्ट क्रियट’ गरेर दिने गर्छन्। ‘कुनै पनि भेन्यूको भव्यता त्यसमा के कस्ता नयाँ ‘कन्सेप्ट र कन्टेन्ट एड’ गर्न सकियो भन्नेमा निर्भर गर्छ अध्यक्ष गिरी भन्छन्, ‘प्रोजेक्टका लागि जति युनिक कन्टेन्ट क्रियट गर्न सकियो त्यो त्यति नै भव्य, अकर्षक र सफल हुन्छ ।’ कम्पनीमा कार्यरत इन्जिनियर तथा कर्मचारीलाई विदेशमा पठाएर तालिम लिने व्यवस्था पनि गरिएको गिरीले बताउनुभयो।

कम्पनीले लगानीकर्ताको बजेट र निर्माण स्थलको भू–बनोट अनुसार आवश्यक पर्ने सामग्री जुन स्वदेशमा उपलब्ध हुन्छ। नेपालमा उपलब्ध नहुने सामग्री विदेशबाट कस्टमाइज गरेर सिँधै आयत गर्ने भएकाले निर्माण लागत कम पर्ने  अध्यक्ष गिरीको भनाइ छ।

काठमाडौँको लाजिम्पाटमा तीन रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको नाइट क्लब लिजेन्ड नेपाल सञ्चालनको तयारी गरिरहनु भएका रमेश कार्की लन्डनमा उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका युवा उद्यमी हुनुहुन्छ। 

उहाँले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको नाइट क्लब सञ्चालन गर्ने सोच बनाएर थुप्रै विदेशी कन्सलट्यान्टसँग सम्पर्क र छलफल गर्नुभएको थियो। ‘मैले धेरै विदेशी कम्पनी र नाइट क्लबका क्षेत्रमा कार्यरतहरूसँग कुराकानी गरेँ, कार्की भन्नुहुन्छ, ‘तर उनीहरूको प्रस्ताव र कन्सेप्ट चित्त बुझेन।’ 

नेपालमै कन्सलट्यान्ट खोज्ने क्रममा कार्कीले आरजी क्रियसन्ससँग सम्पर्क भएको बताउनुभयो। ‘आरजी क्रियसन्सले मलाई जुन डिजाइन र कन्सेप्ट दियो त्यो निकै उत्कृष्ट लागेर लिजेन्ड नेपालको निर्माणको जिम्मा दिएको हुँ,’ कार्की बताउँछन्। 

अन्तर्राष्ट्रिय स्तरका सबै मापदण्ड पूरा गरेर निर्माण भइरहेको नाइट क्लब लिजेन्ड नेपाल आरजी क्रिएसन्सका लागि अर्को बेञ्चमार्क हुने अध्यक्ष गिरी बताउनुहुन्छ। 

‘क्लबको साउन्ड सिस्टम र साउन्ड प्रुफका लागि मात्रै करिब सय थरिका सामग्री प्रयोग हुन्छन्’, कार्यकारी अध्यक्ष गिरी भन्नुहुन्छ, ‘नाइट क्लबको भव्यता र विश्वमा प्रयोग भइरहेका नयाँ प्रविधि लिजेन्ड नेपालमा देख्न पाइने छ।’ लिजेन्ड नेपालमा साउन्ड सिस्टम, लाइट, एलइडी स्क्रिन, हाइड्रोलिक मेसिन लगायत तीन सयभन्दा बढी अत्याधुनिक सामग्री प्रयोग हुने छन्। 

आरजी क्रिएसन्सका निर्देशक सुमित्रा पौडेल उप्रेती कम्पनीले निर्माण गर्ने प्रजेक्टबाट नाफा आर्जन गर्नेभन्दा पनि लगानीकर्तालाई कसरी सुलभ खर्चमा उत्कृष्ट प्रोजेक्ट दिन सकिन्छ भनेर कार्य गरिरहेको बताउनुहुन्छ। निर्देशक उप्रेतीले भन्नुभयो, ‘भविष्यमा अझै उत्कृष्ट र भव्य प्रेजेक्ट निर्माणमा कम्पनी दत्तचित्त भएर लागिपरेको छ।’ 

कम्पनीले काठमाडौँ उपत्यकामा रामबाग महल, म्याजेस्टिक ग्रान्ड, हर्षबाटिक, ताज रिसेप्सन, ताज प्यालेस, बौद्ध हेरिटेज, इम्पेरियल ब्याङ्क्वेट, रोयल इम्पायर बुटिक होटल लगायत दर्जनौँ इभेन्ट भेन्यू निर्माण सम्पन्न गरी लगानीकर्तालाई हस्तान्तरण गरिसकेको छ। क्रिएसन्सले धरान, इटहरी, पोखरा लगायत शहर एवं विदेशमा पनि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित प्रोजेक्ट निर्माण गरिरहेको छ। 

यसैगरी आरजी क्रिएसन्सले रात्रिकालीन व्यवसायतर्फ यसअघि काठमाडौँको दरबारमार्गस्थित प्रख्यात डेजाभु डिस्को थेक, भिक्ट्री लाउञ्ज एवं ठमेलमा फूलमून क्याफे, फेसेस लाउञ्ज, रकर्स म्याजिक जस्ता आउटलेटको निर्माण गरिसकेको छ। 

Click to Read Original News

Related Articles

Ramalaya Kathmandu Made by RG Creations Nepal News on Online Khabar
Nepali News

काठमाडौंको बाँसबारीमा खुल्यो अत्याधुनिक इभेन्ट भेन्यू ‘रामालय’

आधुनिक प्रविधि, लचिलो संरचना, प्राकृतिक वातावरण, सुरक्षा, अन्तर्राष्ट्रियस्तरको सुविधा एकै स्थानमा उपलब्ध गराउने प्रयाससहित सञ्चालनमा आएको रामालयले नेपालको इभेन्ट उद्योगमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ ।

Read More »
इभेन्ट भेन्यू आर्किटेक्चर’ मा सेवा उपलब्ध गराउँदै ‘आरजी क्रिएसन्स’ – गोरखा पत्र द्वारा समाचार
Nepali News

इभेन्ट भेन्यू आर्किटेक्चर’ मा सेवा उपलब्ध गराउँदै ‘आरजी क्रिएसन्स’ – गोरखा पत्र द्वारा समाचार

दुई दशकअघिसम्म नेपाली विवाह वा भोजको दृश्य प्रायः एउटै हुन्थ्यो–खुला चौर वा विद्यालयको प्राङ्गणमा लहरै बस्ने, टपरीमा खाने । समयसँगै यो दृश्य क्रमशः बदलिँदै गयो

Read More »
इभेन्ट भेन्यू निर्माण आरजी क्रिएसन्सको फड्को – नयाँ पत्रिकाको समाचार
Nepali News

इभेन्ट भेन्यू निर्माण आरजी क्रिएसन्सको फड्को, स्वदेशदेखि विदेशसम्म सेवा – नयाँ पत्रिकाको समाचार

आरजी क्रिएसन्स नेपाल आर्किटेक्ट एण्ड इन्जिनियरिङ कम्पनीले ‘इभेन्ट भेन्यु’ अर्थात् उत्सवस्थल निर्माणको शैलीलाई नयाँ उचाइमा पु¥याएको दाबी गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष राम गिरीले परम्परा

Read More »

Still Have Questions?

Our Engineering architecture experts are ready to help you with your specific project requirements.