इभेन्ट भेन्यू निर्माण आरजी क्रिएसन्सको फड्को – नयाँ पत्रिकाको समाचार
Rg Creations News in Naya Patrika

इभेन्ट भेन्यू निर्माण आरजी क्रिएसन्सको फड्को, स्वदेशदेखि विदेशसम्म सेवा – नयाँ पत्रिकाको समाचार

आरजी क्रिएसन्स नेपाल आर्किटेक्ट एण्ड इन्जिनियरिङ कम्पनीले ‘इभेन्ट भेन्यु’ अर्थात् उत्सवस्थल निर्माणको शैलीलाई नयाँ उचाइमा पु¥याएको दाबी गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष राम गिरीले परम्परा र आधुनिकताको संयोजनमार्फत ‘अनुभवमुखी’ भेन्यु निर्माण गर्ने अवधारणाले यसमा परिवर्तन ल्याएको बताए । उनका अनुसार कम्पनीले भेन्यू डिजाइनमा सौन्दर्य, कार्यक्षमता र सांस्कृतिकतालाई प्राथमिकतामा राखेको छ ।

निर्माण गरिएका भेन्युहरूमा नेपाली मौलिकता, वैज्ञानिक व्यवस्थापन, सुरक्षा, पार्किङ सुविधा तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्राथमिकता दिइएको छ । कम्पनीले निर्माण गर्ने भेन्यूहरूमा शास्त्रीय भव्यता र नेपालीपनको संयोजन दिने उनको दावी छ । ‘पहिले पार्टी प्यालेस भनेको मान्छे अट्ने ठूलो हल मात्रलाई चिनिन्थ्यो,’ गिरी भन्छन्, ‘हामीले त्यसलाई एउटा सुन्दर, भव्य, आकर्षक, सुरक्षित र सहज व्यवस्थापनको समन्वय भएको सम्पूर्ण अनुभवमा रूपान्तरण गर्न खोज्यौं ।’ उनका अनुसार, विगत दशकमा पाँचतारे होटलमा हुने कार्यक्रमहरूलाई समेत व्यांक्वेटतर्फ आकर्षित गराउन कम्पनी सफल भएको छ ।

स्वदेशदेखि विदेशसम्म सेवा सोसल मिडियाको प्रभावले अहिले भेन्यूहरूको डिजाइनमा नयाँ आयाम थपेको छ । ‘आज कुनै पनि भेन्यू फोटोजेनिक हुनु अनिवार्य छ,’ अध्यक्ष गिरी भन्छन्, ‘भेन्यू आफैंमा एउटा विज्ञापन हो । यसैकारण हामीले कपी–पेस्ट डिजाइनको बाटो नअपनाई प्रत्येक प्रोजेक्टलाई अलग पहिचान दिने रणनीति अपनाएका छौं । एउटै शहरभित्र रहेका भेन्यूहरूबीच पनि डिजाइन, रंग संयोजन र थीममा स्पष्ट भिन्नता देखिन्छ । हामी डिजाइन दोहो¥याउँदैनौं । प्रत्येक भेन्यूलाई उसको छुट्टै पहिचान, भव्यता र विशेषतासहित निर्माण गर्छौं ।’ काठमाडौं उपत्यकाभित्र रामबाग महल, म्याजेस्टिक ग्रान्ड, हर्ष बाटिका, मण्डला मोमेन्ट, संगम बाटिका, उत्सव कुञ्ज, पिकलो दरबार, ताज रिसेप्सनजस्ता भेन्यूहरू आरजी क्रियसन्सले डिजाइन गरेका हुन् ।

Boudha heritage event venue present by rg creations nepal

कम्पनीले नेपालका प्रमुख शहरहरू पोखरा, चितवन, बुटवल, इटहरी, धरानमा पनि आफ्नो डिजाइनमार्फत नयाँ मापदण्ड स्थापित गरेको दावी गरेको छ । अन्तर्राष्ट्रिय बजारतर्फ अष्ट्रेलिया, भारत र चीनमा पनि सेवा विस्तार भइरहेको कम्पनीले जनाएको छ । त्यसैगरी, रात्रिकालीन आतिथ्य क्षेत्रमा दरबारमार्गस्थित डेजाभु डिस्कोथेक, भिक्ट्री लाउञ्ज तथा ठमेलका फूलमून क्याफे, फेसेस लाउञ्ज, रकर्स म्याजिकजस्ता आउटलेटहरू पनि कम्पनीकै डिजाइनमा लगानीकर्तालाई हस्तान्तरण गरिएको छ । आरजी क्रिएसन्सले परियोजनाको सम्पूर्ण चक्रमा एकीकृत सेवा प्रदान गर्दै आएको छ । कम्पनीले पुराना र आउटडेटेड पार्टी प्यालेसहरूलाई आधुनिक स्वरूपमा ‘रिनोभेट’ गरेर नयाँ जीवन दिँदै आएको छ । जग्गा छनोटदेखि कन्सेप्ट निर्माण, डिजाइन, सञ्चालन र व्यवस्थापनसम्मको सेवा कम्पनीले प्रदान गर्दछ

Related Articles

ramalaya news on naya patrika
Nepali News

काठमाडौंको बाँसबारीमा सञ्चालनमा आयो लक्जरी इभेन्ट गन्तव्य ‘रामालय’

काठमाडौंको नारायणगोपाल चोकनजिकै बाँसबारीस्थित धापासी मार्गमा नेपालकै फरक शैली र सुविधाहरूलाई एकत्रित गरी निर्माण गरिएको एक मात्र बहुउद्देश्यीय एवं अत्याधुनिक सुविधासम्पन्न ‘इभेन्ट भेन्यु’ रामालय सञ्चालनमा

Read More »
Ramalaya Kathmandu Made by RG Creations Nepal News on Online Khabar
Nepali News

काठमाडौंको बाँसबारीमा खुल्यो अत्याधुनिक इभेन्ट भेन्यू ‘रामालय’

आधुनिक प्रविधि, लचिलो संरचना, प्राकृतिक वातावरण, सुरक्षा, अन्तर्राष्ट्रियस्तरको सुविधा एकै स्थानमा उपलब्ध गराउने प्रयाससहित सञ्चालनमा आएको रामालयले नेपालको इभेन्ट उद्योगमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ ।

Read More »
ramalaya kathmandu news on seto pati nepali
Nepali News

बहुउद्देश्यीय इभेन्ट ‘भेन्यू रामालय’ सञ्चालनमा

काठमाडौंको बाँसबारीस्थित धापासी मार्गमा बहुउद्देश्यीय इभेन्ट ‘भेन्यू रामालय’ सञ्चालनमा आएको छ। भेन्यूमा स्टेजसम्मै चारपांग्रे गाडी, मोटरसाइकल तथा अन्य हलुका सवारीसाधन पुर्‍याएर सार्वजनिक प्रदर्शन र लञ्चिङ गर्न

Read More »

Still Have Questions?

Our Engineering architecture experts are ready to help you with your specific project requirements.