फेसन फिभर सिजन २ को ग्राण्ड फिनाले रामालयमा हुँदै
ratopati nepali logo

‘फेसन फिभर सिजन २’ को ग्राण्ड फिनाले रामालयमा हुँदै

फेसन, सिर्जनशीलता तथा नयाँ प्रतिभाको संगम बन्ने तयारीमा रहेको ‘फेसन फिभर सिजन २’ को ग्राण्ड फिनाले एक समारोहबीच आयोजना हुने भएको छ ।

शनिवार साँझ आयोजना हुने फिनालेका लागि काठमाडौंस्थित भव्य तथा आकर्षक स्थल रामालयलाई कार्यक्रमको मुख्य भेन्युका रूपमा छनोट गरिएको छ ।

विशेष वास्तुकला, आकर्षक आन्तरिक सजावट, विलासी वातावरण तथा फराकिलो कार्यक्रमस्थलका कारण रामालयले फेसन फिभरको ग्राण्ड फिनालेका लागि विशेष माहोल तयार गर्ने आयोजकको विश्वास छ । रामालयको भव्य बाहिरी संरचना, सुन्दर बैंक्वेट हल, आकर्षक डाइनिङ स्पेस तथा हरियालीले घेरिएको रमणीय कोर्टयार्डले कार्यक्रमलाई थप आकर्षक बनाउने छ ।

आधुनिक शैली र राजसी वातावरणको मिश्रण रहेको रामालयको परिवेश ‘फेसन फिभर सिजन २’ को अवधारणासँग समेत मेल खाने आयोजकको भनाइ छ । फिनालेमा विभिन्न नयाँ मोडल, डिजाइनर, फेसन ब्रान्ड, सिर्जनशील क्षेत्रका व्यक्तित्व तथा विशिष्ट अतिथिहरूको सहभागिता रहने छ ।

फेसन फिभर २ को आयोजक संस्थाले जनाए अनुसार रामालयले फिनालेका लागि भेन्यु उपलब्ध गराउनुका साथै फेसन फिभरको यात्रामा मोडलहरूको ओरिएन्टेसन तथा प्रशिक्षण गतिविधिका लागिसमेत स्थान उपलब्ध गराउँदै सहयोग गरेको छ । यसले प्रतियोगितामा सहभागी मोडलहरूलाई ग्राण्ड फिनालेका लागि आवश्यक तयारी गर्न थप सहज भएको आयोजकको भनाइ छ ।

‘फेसन फिभर सिजन २’ ले नयाँ प्रतिभालाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै फेसन उद्योगमा सक्रिय व्यावसायिक व्यक्तिहरूसँग जोडिने र आफ्नो करियरलाई अगाडि बढाउने प्लेटफर्मका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको छ ।

रामालयको भव्य पृष्ठभूमिमा आयोजना हुन लागेको यसपटकको ग्राण्ड फिनालेमा रनवे फेसन, नयाँ प्रतिभा र नेपाली सिर्जनशील उद्योगको सम्भावनालाई एकै मञ्चमा प्रस्तुत गरिनेछ । आयोजकका अनुसार कार्यक्रमले नेपाली फेसन क्षेत्रमा उदाउँदै गरेका प्रतिभालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।

‘फेसन फिभर सिजन २’ उदाउँदै गरेका प्रतिभालाई स्पटलाइटमा ल्याउने मञ्चका रूपमा ग्राण्ड फिनालेको तयारीमा छ ।

Related Articles

ramalaya news on naya patrika
Nepali News

काठमाडौंको बाँसबारीमा सञ्चालनमा आयो लक्जरी इभेन्ट गन्तव्य ‘रामालय’

काठमाडौंको नारायणगोपाल चोकनजिकै बाँसबारीस्थित धापासी मार्गमा नेपालकै फरक शैली र सुविधाहरूलाई एकत्रित गरी निर्माण गरिएको एक मात्र बहुउद्देश्यीय एवं अत्याधुनिक सुविधासम्पन्न ‘इभेन्ट भेन्यु’ रामालय सञ्चालनमा

Read More »
Ramalaya Kathmandu Made by RG Creations Nepal News on Online Khabar
Nepali News

काठमाडौंको बाँसबारीमा खुल्यो अत्याधुनिक इभेन्ट भेन्यू ‘रामालय’

आधुनिक प्रविधि, लचिलो संरचना, प्राकृतिक वातावरण, सुरक्षा, अन्तर्राष्ट्रियस्तरको सुविधा एकै स्थानमा उपलब्ध गराउने प्रयाससहित सञ्चालनमा आएको रामालयले नेपालको इभेन्ट उद्योगमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ ।

Read More »
ramalaya kathmandu news on seto pati nepali
Nepali News

बहुउद्देश्यीय इभेन्ट ‘भेन्यू रामालय’ सञ्चालनमा

काठमाडौंको बाँसबारीस्थित धापासी मार्गमा बहुउद्देश्यीय इभेन्ट ‘भेन्यू रामालय’ सञ्चालनमा आएको छ। भेन्यूमा स्टेजसम्मै चारपांग्रे गाडी, मोटरसाइकल तथा अन्य हलुका सवारीसाधन पुर्‍याएर सार्वजनिक प्रदर्शन र लञ्चिङ गर्न

Read More »

Still Have Questions?

Our Engineering architecture experts are ready to help you with your specific project requirements.