ramalaya kathmandu news on seto pati nepali
setopati logo

बहुउद्देश्यीय इभेन्ट ‘भेन्यू रामालय’ सञ्चालनमा

काठमाडौंको बाँसबारीस्थित धापासी मार्गमा बहुउद्देश्यीय इभेन्ट 'भेन्यू रामालय' सञ्चालनमा आएको छ।

भेन्यूमा स्टेजसम्मै चारपांग्रे गाडी, मोटरसाइकल तथा अन्य हलुका सवारीसाधन पुर्‍याएर सार्वजनिक प्रदर्शन र लञ्चिङ गर्न मिल्ने व्यवस्था भएको होटेल व्यवस्थापकले जानकारी गराएको छन्।

रामालय ३३ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको, मुख्य हल ८ हजार वर्गफिट र आउटडोर स्पेस ९ हजार वर्गफिटको रहेको जानकारी गराइएको छ।

एकै पटक २ हजार जनासम्म सहभागी हुने कार्यक्रम गर्न सकिने उल्लेख छ।

भेन्यूमा एलइडी सिलिङ, इन्टेलिजेन्ट तथा हाइड्रोलिक लाइटिङ, व्यावसायिक साउण्ड सिस्टम, समायोजन गर्न मिल्ने स्टेज, बार, चेन्जिङ रुम, अपाङ्गतामैत्री संरचना र स्वचालित मुड सेटिङ जोन रहेको व्यवस्थापकले जनाएको छ।

सञ्चालक खुश्बु ओझाका अनुसार कर्पोरेट कार्यक्रम, अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, उत्पादन लञ्च, कन्सर्ट, फेसन शो, चलचित्र प्रिमियर र डेस्टिनेसन वेडिङलाई लक्षित गरेर रामालय सञ्चालनमा ल्याइएको हो।

उनका अनुसार नेपालका अधिकांश ब्यांक्वेट हलमा नभएको स्टेज–एक्सेस सुविधा रामालयमा उपलब्ध छ।

भेन्यूमा आपतकालीन अवस्थालाई ध्यानमा राखेर छुट्टै निकासको व्यवस्था गरिएको छ।

३० सेकेन्डदेखि १ मिनेटभित्र अतिथिलाई बाहिर निकाल्न सकिने गरी संरचना तयार गरिएको सञ्चालकको भनाइ छ।

रामालयको कन्सेप्ट, डिजाइन र निर्माण आरजी क्रिएसन्सले गरेको हो।

Related Articles

ramalaya news on naya patrika
Nepali News

काठमाडौंको बाँसबारीमा सञ्चालनमा आयो लक्जरी इभेन्ट गन्तव्य ‘रामालय’

काठमाडौंको नारायणगोपाल चोकनजिकै बाँसबारीस्थित धापासी मार्गमा नेपालकै फरक शैली र सुविधाहरूलाई एकत्रित गरी निर्माण गरिएको एक मात्र बहुउद्देश्यीय एवं अत्याधुनिक सुविधासम्पन्न ‘इभेन्ट भेन्यु’ रामालय सञ्चालनमा

Read More »
Ramalaya Kathmandu Made by RG Creations Nepal News on Online Khabar
Nepali News

काठमाडौंको बाँसबारीमा खुल्यो अत्याधुनिक इभेन्ट भेन्यू ‘रामालय’

आधुनिक प्रविधि, लचिलो संरचना, प्राकृतिक वातावरण, सुरक्षा, अन्तर्राष्ट्रियस्तरको सुविधा एकै स्थानमा उपलब्ध गराउने प्रयाससहित सञ्चालनमा आएको रामालयले नेपालको इभेन्ट उद्योगमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ ।

Read More »
ramalaya news nepali on corporate nepal
Nepali News

बाँसबारीमा लक्जरी इभेन्ट गन्तव्य ‘रामालय’

काठमाडौंको नारायणगोपाल चोक नजिकै बाँसबारी स्थित धापासी मार्गमा नेपालकै फरक शैली र सुविधाहरूलाई एकत्रित गरी निर्माण गरिएको एकमात्र बहुउद्देश्यीय एवं अत्याधुनिक सुविधा सम्पन्न ‘इभेन्ट भेन्यू’

Read More »

Still Have Questions?

Our Engineering architecture experts are ready to help you with your specific project requirements.