काठमाडौंको नारायणगोपाल चोक नजिकै बाँसबारी स्थित धापासी मार्गमा नेपालकै फरक शैली र सुविधाहरूलाई एकत्रित गरी निर्माण गरिएको एकमात्र बहुउद्देश्यीय एवं अत्याधुनिक सुविधा सम्पन्न ‘इभेन्ट भेन्यू’ रामालय सञ्चालनमा आएको छ ।
रामालयमा आयोजना हुने हरेक इभेन्ट विशिष्ट अनुभवका रूपमा लामो समय स्मृतिमा रहन सकोस भनेर यसको डिजाइन र निर्माण गरिएको छ । जोकोहीलाई मन्त्रमुग्ध पार्ने एलइडी सिलिङ प्रणाली, उत्कृष्ट इन्टेलिजेन्ट एन्ड हाइड्रोलिक लाइटिङ सिस्टम, व्यावसायिक एकोस्टिक्स (साउण्ड सिस्टम), उत्कृष्ट भित्री सजावट र स्वचालित मुड सेटिङ जोनहरूका कारण रामालय निकै भव्य र आकर्षक देखिन्छ ।

रामालयको ‘फ्रन्ट फेस’ देखिनै यसको भव्यता झल्कन्छ । उत्कृष्ट आर्टिटेक्ट, कस्टमाइज डिजाइन र भेन्यू निर्माणमा नेपालमा प्रयोग भइरहेका शैलीहरूसँग बिल्कुलै फरक देखिने गरी यसको निर्माण गरिएको छ ।
यस अघि रामबग महल, उत्सव कुञ्ज लगायतका इभेन्ट भेन्यूको कुशल व्यवस्थापन गरिसकेकी खुश्बु ओझाले रामालय सञ्चालनमा ल्याएकी हुन् । नेपालमा फरक शैलीमा बनेको रामालय हरेक प्रकारका इभेन्ट सहज रूपमा आयोजना गर्न सकिने गरी निर्माण गरिएको छ । विशेष गरेर कर्पोरेट इभेन्ट आयोजना गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको भेन्यूको अभाव महशुस गरेर रामालयको निर्माण र सञ्चालन गरिएको सञ्चालक ओझा बताउँछिन् ।

‘नेपालका पाँच तारे, सात तारे होटलहरूमा उपलब्ध हुने व्याङक्वेट हलले प्रदान गर्न नसक्ने सेवा, सुविधा र सामग्री समेटेर रामालय निर्माण गरिएको छ’, सञ्चालक ओझा भन्छिन्, ‘चार पङ्ग्रे गाडी, मोटरसाइकल एवं हलुका सवारी साधन लञ्चिङका लागि स्टेजसम्मै पु¥याउन सकिने गरी रामालय निर्माण गरिएको छ । हलुका सवारी साधनलाई स्टेजमै राखेर लञ्चिङ कार्यक्रम आयोजना गर्न सकिने भेन्यू नेपालमा उपलब्ध नरहेको अवस्थामा रामालायले यो सुविधा प्रदान गरिरहेको छ ।’
तेत्तीस हजार स्क्वायर वर्ग फिट क्षेत्रफलमा फैलिएको रामालय प्राकृतिक हरियाली बीचमा निकै भव्य र सुन्दर देखिन्छ । फलफूल अन्य बोटबिरुवा भएको जमिनमा निर्माण गरिएको रामालयमा प्राकृतिक हरियालीलाई अझै उत्कृष्ट देखिने गरी डिजाइन गरिएको छ ।
काठमाडौंको घना वस्तीमा निर्माण भएको इभेन्ट भेन्यू भएपनि रामालय प्रवेश गरेपछि शहरबाट पर प्राकृतिक सौन्दर्यले भरिपूर्ण कुनै शान्त रिसोर्टमा पुगेको अनुभूति हुन्छ । इनडोर र आउटडोर एरियाको उत्कृष्ट संयोजन एवं वैज्ञानिक ढंगबाट स्पेस व्यवस्थापन गरिएको रामालय आर्टिटेक्ट डिजाइन, कन्सेप्ट, भेन्यूका लागि अवश्यक पर्ने कन्टेन्ट अप्लाई गरिएका कारण अन्तर्राष्ट्रिय स्तरको भएको यसको सञ्चालक ओझा बताउँछिन् ।

यसको मुख्य हल एरियाको क्षेत्रफल ८ हजार स्क्वायर वर्ग फिट रहेको छ भने आउटडोर स्पेस ९ हजार स्क्वायर वर्ग फिट रहेको छ । उच्चस्तरको बार, वासरुम, अपाङ्गतामैत्री डिजाइन, साइज घटाउन र बढाउन मिल्ने स्टेज, चेन्जिङ रुम आदि व्यवस्था रहेको रामालयले सुरक्षा मापदण्डलाई पनि कडाइका साथ लागू गरेको छ ।
भेन्यूको पछाडिबाट बाट पनि सहजरूपमा आउन जान सकिने व्यवस्था मिलाइएको छ । कुनै आपतकालिन स्थिति सिर्जना भएमा ३० सेकेण्डदेखि १ मिनेटसम्ममा गेष्टहरू सुरक्षित तरिकाले बाहिरिन सक्ने गरी व्यवस्थापन गरिएको छ । भेन्यूमा प्रवेश गरिसकेपछि हलमा पुग्नु अघि लबी एरिया रहेको छ ।
यहाँ उपलब्ध हुने सुविधा र यसको भव्यताले रामालयलाई लक्जरी पाँच तारे रिसोर्टको भन्दा पनि अब्बल सावित गरेको सञ्चालकको दाबी छ । सञ्चालक ओझाका अनुसार नेपालको उत्कृष्ट आर्टिटेक्ट इन्जिनियरिङ कम्पनी आरजी क्रियसन्सले रामालयको कन्सेप्ट, डिजाइन र निर्माण गरेको हो ।
‘इभेन्ट भेन्यू’ निर्माणको क्षेत्रमा आरजी क्रियसन्सको कन्सेप्ट, डिजाइन एवं किफायती निर्माण प्रक्रियाका बारेमा पटक पटक सुनेकाले रामालयको निर्माणको जिम्मा आरजीलाई दिएको सञ्चालक ओझा बताउँछिन् । आरजीले तोकिएको समयमा उत्कृष्ट भेन्यू निर्माण गरेर हस्तान्तरण गरेकोमा सञ्चालक ओझाले खुशी व्यक्त गरिन् ।

अन्तर्राष्ट्रिय स्तरका गोष्ठी, सेमिनार, प्रडक्ट लञ्ज, कन्सर्ट, फेसन शो, ब्युटी प्याजेन्ट, कलेज तथा स्कुलका कार्यक्रम, सिनेमको प्रिमियर, शुभमुहर्त आदि आयोजना गर्नका लागि रामालय उत्कृष्ट भेन्यू रहेको सञ्चालक ओझा बताउँछन् । यहाँ एकै पटकमा २ हजार जनासम्मको लागि पार्टी आयोजना गर्न सकिन्छ ।
डेस्टिनेसन वेडिङका लागि विशेष प्रकारको भेन्यूको खोजिमा रहेकाहरूका लागि रामालय उत्कृष्ट विकल्प हुन सक्छ । विशेष गरेर छिमेकी मुलुक भारतबाट डेस्टिनेसन वेडिङका लागि नेपाल आउनेहरूलाई लक्षित गरेर रामालयको निर्माण गरिएको छ ।
रामालयमा अहिले दिनहुँ १० देखि १५ जना भेन्यू भिजिटका लागि आउने गरेको जानकारी दिँदै सञ्चालक ओझाले अधिकांशले इभेन्ट बुक गरेर फर्किने गरेको बताइन् । रामालयको भव्यता र उपलब्ध हुने सुविधाको जानकारी लिइसकेपछि शतप्रतिशतले इभेन्ट बुक गर्ने गरेको उनी बताउँछिन् ।


