Harshah batika news in RG Creations Nepal
RG Creations Nepal in Naya Patrika Dainik News

प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा जोड दिँदै ‘आरजी क्रिएसन्स

आरजी क्रिएसन्सले आफ्नो सेवालाई गुणस्तरीय बनाउन ‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा जोड दिएको छ।

आरजी क्रिएसन्सले आफ्नो सेवालाई गुणस्तरीय बनाउन ‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा जोड दिएको छ।

आरजी क्रिएसन्सले विगत १५ वर्षदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहर र विदेशमा समेत होटेल, इभेन्ट भेन्यू, नाइट क्लब, डिस्को थेक, क्यासिनो, ब्यांक्वेट, लाउन्ज, क्याफे, बार, पबलगायत हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित प्रडक्टको कन्सेप्ट डिजाइन, कन्स्ट्रक्सन र सञ्चालन गरी आफ्नो छुट्टै मापदण्ड स्थापित गरिसकेको छ। सोहीक्रममा आरजी क्रिएसन्सले ‘प्रिमियम हस्पिटालिटी आउटलेट’को विस्तारमा पनि जोड दिएको छ।

आरजी क्रिएसन्स नेपाल हस्पिटालिटी तथा नाइट क्लबको क्षेत्रमा चिरपरिचित नाम हो। क्रिएसन्सको बालुवाटारस्थित मुख्य कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन सहरमा ‘लिंक वर्ल्ड टेक’ नाम गरेको कम्पनी रहेको छ। लगानीकर्ताको बजेट र सोचअनुसार कमभन्दा कम लागतमा उत्कृष्ट प्रडक्ट डिजाइन एवं निर्माण गर्दै आइरहेको आरजी क्रियसन्सका कार्यकारी अध्यक्ष राम गिरीले बताए।

‘हामी नाइट क्लब तथा इभेन्ट भेन्यू निर्माण गर्दा त्यसको लागत कम गर्न,  त्यसलाई सुरक्षित बनाउन र कसरी भव्य एवं आकर्षक देखाउने भनेर विशेष ध्यान दिन्छौँ,’ उनले भने, ‘नाइट क्लब तथा इभेन्ट भेन्यूहरूमा विश्वमा चलेका नयाँ ट्रेन्ड र फिचरलाई कस्टमाइज गरेर लागू गर्ने गरिएको छ।’

कम्पनीले लगानीकर्ताको आवश्यकताअनुसार प्रोजेक्ट छनोटदेखि त्यसको कन्सेप्ट, डिजाइन, निर्माण र सञ्चालनसम्मको सम्पूर्ण सेवा उपलब्ध गराउँदै आइरहेको उनको भनाइ छ। आरजी क्रिएसन्सले निर्माण गरेका प्रोजेक्टहरूमा नयाँ जेनेरेसनको सोच र उनीहरूको मनोविज्ञानलाई बोध गरेर तथा लगानीकर्ताको बजेटलाई मिल्ने गरी विभिन्न सुविधा तथा फिचरहरूलाई कुशलतापूर्वक अप्लाई गर्ने गरिएको उनले बताए।

आरजी क्रियसन्सले डिजाइन तथा निर्माण गरेका प्रोजेक्ट अन्यभन्दा भिन्न र विशिष्ट भएको उनको दाबी छ। हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट आउटलेटहरू निर्माण गरेर पर्यटन क्षेत्रमा योगदान दिने तथा देश विकासमा आफ्नोतर्फबाट केही योगदान गर्नु कम्पनीको उद्देश्य रहेको कार्यकारी अध्यक्ष गिरी बताउँछन्। नयाँ कन्सेप्ट र डिजाइनका प्लेटफर्महरू निर्माण गरेर देशको आर्थिक विकासमा टेवा पुर्‍याउने र रोजगारी सिर्जना गर्ने उद्देश्य आरजी क्रियसन्सले लिएको छ।

आरजी क्रियसन्सका कार्यकारी अध्यक्ष गिरी हस्पिटालिटी तथा कन्स्ट्रक्सनको क्षेत्रमा २० वर्षभन्दा लामो समयदेखि क्रियाशील छन्। उनले २० वर्षदेखि हासिल गरेको अनुभवलाई अहिले विभिन्न प्रडक्टहरूमा लागू गरिरहेका छन्। स्ट्रक्चर, इन्टेरियर, आर्किटेक्ट, लाइट, साउन्ड, कलरिस्ट, निर्माणमा प्रयोग गरिने सामग्रीको गुणस्तर आदि हेर्नका लागि आरजी क्रियसन्समा विषयविज्ञ छुट्टाछुट्टै इन्जिनियरहरू कार्यरत छन्।

दक्ष इन्जिनियरहरूलाई अध्यक्ष गिरी आफ्नो ‘कन्सेप्ट’ र प्रोजेक्टका लागि आवश्यक पर्ने ‘कन्टेन्ट क्रियट’ गरेर दिने गर्छन्। ‘कुनै पनि भेन्यूको भव्यता त्यसमा के कस्ता नयाँ कन्सेप्ट र कन्टेन्ट एड गर्न सकियो भन्नेमा निर्भर गर्छ,’ अध्यक्ष गिरी भन्छन्, ‘प्रोजेक्टका लागि जति युनिक कन्टेन्ट क्रियट गर्न सकियो त्यो त्यति नै भव्य, आकर्षक र सफल हुन्छ।’

कम्पनीमा कार्यरत इन्जिनियर तथा कर्मचारीहरूलाई विदेशमा पठाएर तालिम लिने व्यवस्था गरिएको गिरीले बताए। कम्पनीले लगानीकर्ताको बजेट र निर्माण स्थलको भू–बनोटअनुसार आवश्यक पर्ने सामग्री जुन स्वदेशमा उपलब्ध हुन्छ ती कारखानाबाट सिधै खरिद गर्ने गरेको छ। साथै, नेपालमा उपलब्ध नहुने सामग्री विदेशबाट कस्टमाइज गरेर सिधै आफूले आयात गर्ने भएकाले निर्माण लागत कम पर्ने गरेको छ।

काठमाडौंको लाजिम्पाटमा तीन रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको नाइट क्लब लिजेन्ड नेपाल सञ्चालनको तयारी गरिरहेका रमेश कार्की लन्डनमा उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका युवा उद्यमी हुन्। उनले बेलायतमा रहँदा थुप्रै क्लब, पब, डिस्कोथेकको अनुभव लिन पाए। उनले नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको नाइट क्लब सञ्चालन गर्ने सोच बनाएर थुप्रै विदेशी कन्सल्ट्यान्टसँग सम्पर्क र छलफल गरेका थिए।

नेपालमै कन्सल्ट्यान्ट खोज्ने क्रममा कार्कीले आरजी क्रियसन्ससँग सम्पर्क भएको बताए। ‘आरजी क्रियसन्सले मलाई जुन डिजाइन र कन्सेप्ट दियो त्यो निकै उत्कृष्ट लागेर लिजेन्ड नेपालको निर्माणको जिम्मा दिएको हुँ,’ कार्की बताउँछन्। 
अन्तर्राष्ट्रियस्तरका सबै मापदण्ड पूरा गरेर निर्माण भइरहेको नाइट क्लब लिजेन्ड नेपाल आरजी क्रिएसन्सका लागि अर्को बेन्चमार्क हुने अध्यक्ष गिरी बताउँछन्।

आरजी क्रिएसन्सकी निर्देशक सुमित्रा पौडेल उप्रेती कम्पनीले निर्माण गर्ने प्रजेक्टहरूबाट नाफा आर्जन गर्नेभन्दा पनि लगानीकर्तालाई कसरी सुलभ खर्चमा उत्कृष्ट प्रोजेक्ट दिन सकिन्छ भनेर कार्य गरिरहेको बताउँछिन्। 

कम्पनीले काठमाडौं उपत्यकामा रामबाग महल, म्याजेस्टिक ग्रान्ड, हर्षबाटिका, ताज रिसेप्सन, ताज प्यालेस, बौद्ध हेरिटेज, इम्पेरियल ब्यांक्वेट, रोयल इम्पायर बुटिक होटेललगायत दर्जनौँ इभेन्ट भेन्यू निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ। आरजी क्रिएसन्सले धरान, इटहरी, पोखरालगायत देशका विभिन्न जिल्ला र विदेशमा पनि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित प्रोजेक्टहरू निर्माण गरिरहेको छ।

Click to Read Original News

Related Articles

Boudha heritage event venue present by rg creations nepal
Nepali News

प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स नेपाल‘

काठमाडौं । आरजी क्रिएसन्स नेपाल हस्पिटालिटी तथा नाइट क्लबको क्षेत्रमा चिरपरिचित नाम हो । क्रिएसन्सको बालुवाटारस्थित मुख्य कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन शहरमा ‘लिंक

Read More »
RG Creations Nepal Leads Architectural Innovation in Hospitality Design
Nepali News

इभेन्ट आर्किटेक्चरमा आरजी क्रिएसन्सको उभार

काठमाडौं । दुई दशकअघिसम्म नेपाली विवाह वा भोजको दृश्य प्राय: एउटै हुन्थ्यो– खुला चौर वा विद्यालयको प्राङ्गणमा लहरै बस्ने, टपरीमा खाने । समयसँगै यो दृश्य

Read More »

Still Have Questions?

Our Engineering architecture experts are ready to help you with your specific project requirements.