इभेन्ट भेन्यू आर्किटेक्चर’ मा सेवा उपलब्ध गराउँदै ‘आरजी क्रिएसन्स’ – गोरखा पत्र द्वारा समाचार
Gorkhapatra News of RG Creations Nepal

इभेन्ट भेन्यू आर्किटेक्चर’ मा सेवा उपलब्ध गराउँदै ‘आरजी क्रिएसन्स’ – गोरखा पत्र द्वारा समाचार

दुई दशकअघिसम्म नेपाली विवाह वा भोजको दृश्य प्रायः एउटै हुन्थ्यो–खुला चौर वा विद्यालयको प्राङ्गणमा लहरै बस्ने, टपरीमा खाने । समयसँगै यो दृश्य क्रमशः बदलिँदै गयो । कर्कटपाताले छाएका टहरा, रङ्गीन बत्ती र कपडाको सजावटसहितका अस्थायी संरचनाले केही समय ‘आधुनिकता’को अनुभूति दिए । त्यसपछि फलामका कुर्सीमा कपडाको खोल लगाइएका, अलि व्यवस्थित ‘पार्टी प्यालेस’ देखापर्न थाले ।

तर पछिल्लो पाँच वर्षमा आएको परिवर्तन भने गुणात्मक र व्यापक छ । कुनै तारे होटलको झल्को दिन्छन् व्यङ्क्वेटले । आजका विवाह, पार्टी वा कुनै पनि विशेष समारोह केवल जमघट होइनन्, ती ‘अनुभूति’ सिर्जना गर्ने स्थलमा रूपान्तरित भएका छन् । यस रूपान्तरणको केन्द्रमा छ– आरजी क्रिएसन्स, नेपाल आर्किटेक्ट एन्ड इन्जिनियरिङ कम्पनी।

Harshah Batika Event Venue Image Nepal
Harshah Batika Event Venue

परम्पराको वैभव, आधुनिकताको संयोजन

कम्पनीका कार्यकारी अध्यक्ष राम गिरीका अनुसार, परिवर्तनको सुरुवात एउटा सरल तर गहिरो प्रश्नबाट भयो–हाम्रा परम्परा यति समृद्ध छन् भने, उत्सव स्थल किन साधारण हुने ? त्यसैले उनको नेतृत्वमा आरजी क्रिएसन्सले ‘भवन’ निर्माणभन्दा पर गएर ‘अनुभव’ निर्माणमा जोड दियो । ‘पहिले पार्टी प्यालेस भनेको मान्छे अट्ने ठुलो हल मात्रलाई चिनिन्थ्यो,’ गिरी भन्छन्, ‘हामीले त्यसलाई एउटा सुन्दर, भव्य, आकर्षक, सुरक्षित र सहज व्यवस्थापनको समन्वय भएको सम्पूर्ण अनुभवमा रूपान्तरण गर्न खोज्यौं ।’

उनका अनुसार, विगत दशकमा पाँचतारे होटलमा हुने कार्यक्रमलाई समेत व्याङ्क्वेटतर्फ आकर्षित गराउन कम्पनी सफल भएको छ । अहिले ‘पार्टी’ भन्नेबित्तिकै धेरैको मानसपटलमा ‘व्याङ्क्वेट’ नै आउनु, यही परिवर्तनको सङ्केत हो ।

‘तीन खम्बे’ डिजाइन दर्शन

आरजी क्रिएसन्सको डिजाइन दर्शन तीन मुख्य आधारमा टेकेको छ– सौन्दर्य, कार्यक्षमता र सांस्कृतिक सुसङ्गति ।

कम्पनीले निर्माण गर्ने भेन्यूहरूमा शास्त्रीय भव्यता र नेपालीपनको संयोजन देखिन्छ । कतिपय डिजाइनले दरबारको झल्को दिन्छन् भने, केहीले आधुनिकतालाई आत्मसात गर्छन् । तर, सबैमा साझा तत्व भनेको पाहुनाको सहज आवागमन, सुरक्षा, वातावरणमैत्री सामग्रीको प्रयोग, वैज्ञानिक भान्सा व्यवस्थापन, पर्याप्त पार्किङ र सांस्कृतिक मान्यताको सम्मान हो ।

‘हामी संरचनाको डिजाइन मात्र दिँदैनौँ, सपनालाई आकार रूप दिन्छौँ,’ गिरी भन्छन् ।

बहुविषयगत दक्षता

कम्पनीमा स्ट्रक्चरल इन्जिनियरिङदेखि इन्टेरियर डिजाइन, लाइटिङ, साउन्ड, कलर साइन्स र मटेरियल क्वालिटीसम्मका छुट्टाछुट्टै विशेषज्ञ टोली कार्यरत छन् । प्रत्येक प्रोजेक्टका लागि ‘युनिक कन्सेप्ट’ विकास गर्ने अभ्यासले नै कम्पनीलाई बजारमा अलग पहिचान दिलाएको छ ।

गिरीका अनुसार कुनै पनि भेन्यूको सफलता त्यसमा कति नयाँ कन्सेप्ट र कन्टेन्ट थप्न सकिन्छ भन्नेमा निर्भर हुन्छ । यही कारण कम्पनीले आफ्ना इन्जिनियरलाई विदेशमा तालिम लिन पठाएर अद्यावधिक ज्ञान र सिप भित्राउने व्यवस्था गरेको उनी बताउँछन् ।

स्वदेशदेखि विदेशसम्म सेवा

सोसल मिडियाको प्रभावले अहिले भेन्यूहरूको डिजाइनमा नयाँ आयाम थपेको छ । ‘आज कुनै पनि भेन्यू फोटोजेनिक हुनु अनिवार्य छ,’ गिरी भन्छन्, ‘भेन्यू आफैंमा एउटा विज्ञापन हो । यसैकारण हामीले कपी–पेस्ट डिजाइनको बाटो नअपनाई प्रत्येक प्रोजेक्टलाई अलग पहिचान दिने रणनीति अपनाएका छौँ । एउटै सहरभित्र रहेका भेन्यूहरूबिच पनि डिजाइन, रङ्ग संयोजन र थिममा स्पष्ट भिन्नता देखिने उनी बताउँछन् ।

‘हामी डिजाइन दोहोर्‍याउँदैनौँ, प्रत्येक भेन्यूलाई उसको छुट्टै पहिचान, भव्यता र विशेषतासहित निर्माण गर्छौं,’ गिरी दाबी गर्छन् ।

काठमाडौँ उपत्यकाभित्र रामबाग महल, म्याजेस्टिक ग्रान्ड, हर्ष बाटिका, मण्डला मोमेन्ट, सङ्गम बाटिका, उत्सव कुञ्ज, पिकलो दरबार, ताज रिसेप्सनजस्ता भेन्यूहरू आरजी क्रियसन्सले डिजाइन गरेका प्रतिनिधि परियोजनाहरू हुन् ।

काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको कम्पनीले नेपालका प्रमुख सहर पोखरा, चितवन, बुटवल, इटहरी, धरानमा पनि आफ्नो डिजाइनमार्फत नयाँ मापदण्ड स्थापित गरेको दाबी गर्छ । अन्तर्राष्ट्रिय बजारतर्फ अस्ट्रेलिया, भारत र चीनमा पनि सेवा विस्तार भइरहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, रात्रिकालीन आतिथ्य क्षेत्रमा दरबारमार्गस्थित डेजाभु डिस्कोथेक, भिक्ट्री लाउन्ज तथा ठमेलका फूलमून क्याफे, फेसेस लाउन्ज, रकर्स म्याजिकजस्ता आउटलेट पनि कम्पनीकै डिजाइनमा लगानीकर्तालाई हस्तान्तरण गरिएको छ ।

‘ल्यान्डमार्क’ निर्माण गर्दै आरजी क्रियसन्स् 

आरजी क्रिएसन्सले परियोजनाको सम्पूर्ण चक्र (कन्सेप्ट विकासदेखि डिजाइन, निर्माण र सञ्चालन व्यवस्थापनसम्म) मा एकीकृत सेवा प्रदान गर्दै आएको छ । लगानीकर्ताको बजेट र भू–बनोट अनुसार सामग्री छनोट गरिन्छ ।

आरजी क्रिएसन्सले केवल नयाँ संरचनाको डिजाइन मात्र बनाउँदैन, पुराना र ‘आउटडेटेड’ पार्टी प्यालेसलाई आधुनिक स्वरूपमा ‘रिनोभेट’ गरेर नयाँ जीवन दिँदै आएको छ । जग्गा छनोटदेखि कन्सेप्ट निर्माण, डिजाइन, सञ्चालन र व्यवस्थापनसम्मको सेवा कम्पनीले प्रदान गर्दछ ।

नेपालमा उपलब्ध हुने सामग्री सिधै कारखानाबाट र अन्य विशेष सामग्री विदेशबाट कस्टमाइज गरेर आयात गरिने हुँदा निर्माण लागतसमेत कम पर्ने कम्पनीको दाबी छ ।

नेपाली उत्सव संस्कृतिमा आएको पछिल्लो परिवर्तन केवल भौतिक संरचनाको विकास मात्र होइन, सामाजिक व्यवहार र सौन्दर्यबोधको विस्तार पनि हो । आर्किटेक्चर, प्रविधि र संस्कृतिको फ्युजनसहितको ‘अनुभूति’तर्फको यो यात्राको एक सफल उदाहरण हो आरजी क्रिएसन्स । यसले देखाएको बाटोले अब नेपाली उत्सव केवल मनाउने होइन, ‘अनुभव गर्ने’ माध्यमका रूपमा पनि स्थापित हुँदै गइरहेका छन् ।

Related Articles

इभेन्ट भेन्यू निर्माण आरजी क्रिएसन्सको फड्को – नयाँ पत्रिकाको समाचार
Nepali News

इभेन्ट भेन्यू निर्माण आरजी क्रिएसन्सको फड्को, स्वदेशदेखि विदेशसम्म सेवा – नयाँ पत्रिकाको समाचार

आरजी क्रिएसन्स नेपाल आर्किटेक्ट एण्ड इन्जिनियरिङ कम्पनीले ‘इभेन्ट भेन्यु’ अर्थात् उत्सवस्थल निर्माणको शैलीलाई नयाँ उचाइमा पु¥याएको दाबी गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष राम गिरीले परम्परा

Read More »
रातोपाटीमा आरजी क्रिएसन्स समाचार - Nepal top News Channel
Nepali News

रातोपाटीमा आरजी क्रिएसन्स समाचार – Nepal top News Channel

काठमाडौँ । दुई दशकअघिसम्म नेपाली विवाह वा भोजको दृश्य प्राय: एउटै हुन्थ्यो– खुला चौर वा विद्यालयको प्राङ्गणमा लहरै बस्ने, टपरीमा खाने । समयसँगै यो दृश्य

Read More »

Still Have Questions?

Our Engineering architecture experts are ready to help you with your specific project requirements.