ramalaya by rg creations nepal news on raatopati
ratopati nepali logo

बाँसबारीमा सञ्चालनमा आयो सुविधासम्पन्न ‘रामालय’ इभेन्ट भेन्यू – रातोपाटी

काठमाडौँको नारायणगोपाल चोक नजिकै बाँसबारीस्थित धापासी मार्गमा नेपालकै फरक शैली र अन्तर्राष्ट्रिय स्तरका सुविधाहरू समेटिएको बहुउद्देश्यीय एवं अत्याधुनिक ‘इभेन्ट भेन्यू’ रामालय सञ्चालनमा आएको छ ।

हरेक प्रकारका कार्यक्रमहरूलाई विशिष्ट र स्मरणीय बनाउने उद्देश्यका साथ निर्माण गरिएको रामालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । यस भेन्यूमा जोकोहीलाई आकर्षित गर्ने एलइडी सिलिङ प्रणाली, उत्कृष्ट इन्टेलिजेन्ट एन्ड हाइड्रोलिक लाइटिङ सिस्टम, व्यावसायिक एकोस्टिक्स (साउन्ड सिस्टम) र स्वचालित मुड सेटिङ जोनहरू रहेका छन् ।

यसअघि रामबग महल र उत्सव कुञ्ज जस्ता इभेन्ट भेन्यूहरूको सफल व्यवस्थापन गरिसकेकी खुश्बु ओझाले रामालय सञ्चालनमा ल्याएकी हुन् । विशेष गरी कर्पोरेट इभेन्टहरूका लागि अन्तर्राष्ट्रिय स्तरको भेन्यूको अभाव महसुस गरी रामालयको परिकल्पना गरिएको सञ्चालक ओझा बताउँछिन् ।

रामालयको सबैभन्दा फरक र मुख्य विशेषता भनेको सवारी साधन लन्चिङका लागि हलभित्रै स्टेजसम्मै गाडी वा मोटरसाइकल पुर्‍याउन सकिने सुविधा हो । 

"नेपालका पाँचतारे वा साततारे होटलहरूले समेत प्रदान गर्न नसक्ने सामग्री र सुविधा रामालयमा छ," सञ्चालक ओझा भन्छिन्, "सवारी साधनलाई स्टेजमै राखेर लन्चिङ कार्यक्रम आयोजना गर्न मिल्ने यस्तो सुविधा नेपालमै पहिलो हो ।"

KNS03845.jpg

कुल ३३ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यो भेन्यू प्राकृतिक हरियालीका बीच निर्माण गरिएको छ । काठमाडौँको घनावस्तीभित्र भए पनि रामालय प्रवेश गरेपछि कुनै शान्त रिसोर्टमा पुगेको अनुभूति हुने गरी यसको डिजाइन गरिएको छ । यसको ८ हजार स्क्वायर फिटको मुख्य हल र ९ हजार स्क्वायर फिटको आउटडोर स्पेस रहेको छ ।
रामालयमा उच्चस्तरको बार, अपाङ्गतामैत्री डिजाइन, आवश्यकता अनुसार साइज घटाउन र बढाउन मिल्ने स्टेज र चेन्जिङ रुमको व्यवस्था छ । 

सुरक्षाका दृष्टिले पनि रामालय निकै सजग देखिएको छ । कुनै आपतकालीन स्थिति सिर्जना भएमा ३० सेकेन्डदेखि १ मिनेटभित्रै पाहुनाहरू सुरक्षित रूपमा बाहिरिन सक्ने गरी वैज्ञानिक ढङ्गले स्पेस व्यवस्थापन गरिएको छ ।

नेपालको उत्कृष्ट आर्किटेक्ट इन्जिनियरिङ कम्पनी आरजी क्रिएसन्सले यसको कन्सेप्ट र डिजाइन तयार पारेको हो । अन्तर्राष्ट्रिय स्तरका गोष्ठी, सेमिनार, प्रोडक्ट लन्च, कन्सर्ट, फेशन शो र सिनेमा प्रिमियरका लागि यो भेन्यू उत्कृष्ट रहेको छ ।
रामालयले विशेष गरी छिमेकी मुलुक भारतबाट 'डेस्टिनेसन वेडिङ' का लागि नेपाल आउनेहरूलाई समेत लक्षित गरेको छ । यहाँ एकै पटक २ हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने क्षमता छ । 

सञ्चालक ओझाका अनुसार भेन्यू सञ्चालनमा आएसँगै बुकिङका लागि उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

Related Articles

ramalaya news on naya patrika
Nepali News

काठमाडौंको बाँसबारीमा सञ्चालनमा आयो लक्जरी इभेन्ट गन्तव्य ‘रामालय’

काठमाडौंको नारायणगोपाल चोकनजिकै बाँसबारीस्थित धापासी मार्गमा नेपालकै फरक शैली र सुविधाहरूलाई एकत्रित गरी निर्माण गरिएको एक मात्र बहुउद्देश्यीय एवं अत्याधुनिक सुविधासम्पन्न ‘इभेन्ट भेन्यु’ रामालय सञ्चालनमा

Read More »
Ramalaya Kathmandu Made by RG Creations Nepal News on Online Khabar
Nepali News

काठमाडौंको बाँसबारीमा खुल्यो अत्याधुनिक इभेन्ट भेन्यू ‘रामालय’

आधुनिक प्रविधि, लचिलो संरचना, प्राकृतिक वातावरण, सुरक्षा, अन्तर्राष्ट्रियस्तरको सुविधा एकै स्थानमा उपलब्ध गराउने प्रयाससहित सञ्चालनमा आएको रामालयले नेपालको इभेन्ट उद्योगमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ ।

Read More »
ramalaya kathmandu news on seto pati nepali
Nepali News

बहुउद्देश्यीय इभेन्ट ‘भेन्यू रामालय’ सञ्चालनमा

काठमाडौंको बाँसबारीस्थित धापासी मार्गमा बहुउद्देश्यीय इभेन्ट ‘भेन्यू रामालय’ सञ्चालनमा आएको छ। भेन्यूमा स्टेजसम्मै चारपांग्रे गाडी, मोटरसाइकल तथा अन्य हलुका सवारीसाधन पुर्‍याएर सार्वजनिक प्रदर्शन र लञ्चिङ गर्न

Read More »

Still Have Questions?

Our Engineering architecture experts are ready to help you with your specific project requirements.