"आरजी क्रिएसन्स नेपाल हस्पिटालिटी तथा नाइट क्लबको क्षेत्रमा चिरपरिचित नाम हो । क्रिएसन्सको बालुवाटारस्थित मुख्य कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन शहरमा 'लिंक वर्ल्ड टेक' नाम गरेको कम्पनी रहेको छ ।", "आरजी क्रिएसन्सले विगत १५ वर्षदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहर र विदेशमा समेत होटल, इभेन्ट भेन्यु, नाइट क्लब, डिस्को थेक, क्यासिनो, ब्याङ्क्वेट, लाउञ्ज, क्याफे, बार, पबलगायत हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित प्रडक्टको कन्सेप्ट डिजाइन, कन्स्ट्रक्सन र सञ्चालन गरी आफ्नो छुट्टै मापदण्ड स्थापित गरिसकेको छ ।", "आरजी क्रियसन्सले लगानीकर्ताको बजेट र सोच अनुसार कमभन्दा कम लागतमा उत्कृष्ट प्रडक्ट डिजाइन एवं निर्माण गर्दै आइरहेको छ । 'हामी नाइट क्लब तथा इभेन्ट भेन्यु निर्माण गर्दा त्यसको लागत कम गर्न, त्यसलाई सुरक्षित बनाउन र कसरी भव्य एवं आकर्षक देखाउने भनेर विशेष ध्यान दिन्छौँ, कम्पनीका कार्यकारी अध्यक्ष राम गिरी भन्छन् ।", "कम्पनीले लगानीकर्ताको आवश्यकताअनुसार प्रोजेक्ट छनोटदेखि त्यसको कन्सेप्ट, डिजाइन, निर्माण र सञ्चालनसम्मको सम्पूर्ण सेवा उपलब्ध गराउँदै आइरहेको छ ।", "आरजी क्रिएसन्सले निर्माण गरेका प्रोजेक्टहरूमा नयाँ जेनेरेसनको सोच र उनीहरूको मनोविज्ञानलाई बोध गरेर तथा लगानीकर्ताको बजेटलाई मिल्ने गरी विभिन्न सुविधा तथा फिचरहरूलाई कुशलतापूर्वक अप्लाई गर्ने गरिएको पाइन्छ ।", "आरजी क्रियसन्सले डिजाइन तथा निर्माण गरेका प्रोजेक्ट अन्यभन्दा भिन्न र विशिष्ट देखिन्छन् । 'हामी सुन्दर डिजाइनमा त्यसको भव्यतालाई कसरी प्रस्तुत गर्न सकिन्छ भनेर गहन अनुसन्धान गर्छौँ, कार्यकारी अध्यक्ष गिरी भन्छन्, 'हामीले प्रयोग गर्ने सामग्री, कन्सेप्ट र डिजाइनअनुसार कस्टमाइज गरिने भएकाले हाम्रा प्रडक्टहरूमा भव्यता झल्किन्छ । सकेसम्म अन्यले प्रयोग नगरेका सामग्रीहरूको खोजी गरी प्रयोग गर्ने गरिएको छ ।'", "हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट आउटलेटहरू निर्माण गरेर पर्यटन क्षेत्रमा योगदान दिने तथा देश विकासमा आफ्नोतर्फबाट केही योगदान गर्नु कम्पनीको उद्देश्य रहेको कार्यकारी अध्यक्ष गिरी बताउँछन् ।", "काठमाडौंको लाजिम्पाटमा तीन रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको नाइट क्लब लिजेन्ड नेपाल सञ्चालनको तयारी गरिरहेका रमेश कार्की लण्डनमा उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका युवा उद्यमी हुन् ।", "अन्तर्राष्ट्रियस्तरका सबै मापदण्ड पूरा गरेर निर्माण भइरहेको नाइट क्लब लिजेन्ड नेपाल आरजी क्रिएसन्सका लागि अर्को बेञ्चमार्क हुने अध्यक्ष गिरी बताउँछन् ।", "क्लबको साउन्ड सिस्टम र साउन्ड प्रुफका लागि मात्रै करिब सयथरीका सामग्री प्रयोग हुन्छन्', कार्यकारी अध्यक्ष गिरी भन्छन्, 'नाइट क्लबको भव्यता र विश्वमा प्रयोग भइरहेका नवीनतम प्रविधि लिजेन्ड नेपालमा देख्न पाइने छ ।'", "लिजेन्ड नेपालमा साउन्ड सिस्टम, लाइट, एलईडी स्क्रिन, हाइड्रोलिक मेसिनलगायत तीन सयभन्दा बढी अत्याधुनिक सामग्रीहरू प्रयोग हुनेछन् ।", "कम्पनीले काठमाडौं उपत्यकामा रामबाग महल, म्याजेस्टिक ग्रान्ड, हर्षबाटिक, ताज रिसेप्सन, ताज प्यालेस, बौद्ध हेरिटेज, इम्पेरियल ब्यांक्वेट, रोयल इम्पायर बुटिक होटललगायत दर्जनौँ इभेन्ट भेन्यु निर्माण सम्पन्न गरी लगानीकर्ताहरूलाई हस्तान्तरण गरिसकेको छ ।", "यसैगरी, आरजी क्रिएसन्सले रात्रिकालिन व्यवसायतर्फ यसअघि काठमाडौंको दरबारमार्गस्थित प्रख्यात डेजाभु डिस्को थेक, भिक्ट्री लाउञ्ज एवं ठमेलमा फुलमुन क्याफे, फेसेस लाउञ्ज, रकर्स म्याजिकजस्ता चर्चित आउटलेटको निर्माण सम्पन्न गरिसकेको छ ।",
Experience Nepal's Leading Architecture Firm
Ready to bring your architectural vision to life? Join the numerous clients who have trusted RG Creations Nepal for their commercial construction, entertainment venue, and luxury residential projects.
