
इभेन्ट भेन्यू आर्किटेक्चर’ मा सेवा उपलब्ध गराउँदै ‘आरजी क्रिएसन्स’ – गोरखा पत्र द्वारा समाचार
दुई दशकअघिसम्म नेपाली विवाह वा भोजको दृश्य प्रायः एउटै हुन्थ्यो–खुला चौर वा विद्यालयको प्राङ्गणमा लहरै बस्ने, टपरीमा खाने । समयसँगै यो दृश्य क्रमशः बदलिँदै गयो । कर्कटपाताले छाएका टहरा, रङ्गीन बत्ती र कपडाको सजावटसहितका अस्थायी संरचनाले केही समय ‘आधुनिकता’को अनुभूति दिए । त्यसपछि फलामका कुर्सीमा कपडाको खोल लगाइएका, अलि व्यवस्थित




